१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका–४ का २० वर्षीय रामजीत लोधविरुद्ध पीडित पक्षले चैत १७ गते इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ ।
आरोपितले चैत १६ गते बालिकालाई प्रलोभन देखाएर खेतमा लगेर बलात्कार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय लुम्बिनीमा चैत १७ गते उजुरी दिएकी हुन् । आरोपित फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका सई डेलम्बर घिमिरेले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १७ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।