INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

बिष्णुपुर गाउँपालिका–६ रञ्जितपुरकी ६० वर्षीया चनियादेवी राउतलाई कथित बोक्सीको आरोपमा अश्लिल गालीगलौज गरी कुटपिट गरेको भन्दै प्रहरीले राजगढ गाउँपालिका–३ का ५० वर्षीय धिरेन्द्र यादवलई चैत १५ गते गिरफ्तार गरेको छ । अर्का आरोपित र धिरेन्द्रकी ३० वर्षीया पत्नी कञ्चनदेवी यादव हालसम्म गिरफ्तार हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडितलाई उनकै घरमा घरभाडाको विषयलाई लिएर भएको झगडामा माघ ५ गते आरोपितहरुले कथित बोक्सी भन्दै अमानवीय व्यवहार गरी कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा फागुन १ गते उजुरी दिएकी थिइन् । आरोपितविरुद्धको उजुरी प्रहरीले चैत १७ गते दर्ता गरेको छ ।

आरोपित धिरेन्द्रकी जेठी पत्नीलाई कथित बोक्सीको टुनामुना लगाई मारेको भन्दै कुटपिट गरेको पीडितले आरोप लगाएकी छिन् ।

हात, पिठ्यूँमा चोट लागेका पीडितको उपचार तथा स्वास्थ्य जाँच राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा माघ ५ गते भएको छ ।

अन्य

भिडियो