INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया सुस्तमनस्थिति भएकी बोल्न नसक्ने महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–१८ का २३ वर्षीय दशरथ थारुलाई चैत १५ गते अमुवाबाट गिरफ्तार गरेको छ ।

आरोपितले पीडित महिलालाई चैत १५ गते कोही नभएको मौका छोपी बलात्कार प्रयास गरेको भन्दै छिमेकीहरुले चैत १५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

पीडित महिलाका छिमेकीहरुले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण चैत १५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

त्यसैगरी १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–१४ का ३२ वर्षीय प्रकाश सापकोटालाई चैत १५ गते मोतिपुरबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत १४ गते साँझ घरमा कोही नभएको मौका छोपी यौन दुर्व्यवहार गरेको भनी पीडित बालिकाकी आमाले चैत १५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो