INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितहरुविरुद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शम्भुनाथ नपा–२ कुशहाका ४० वर्षीय मो. समिर र ३० वर्षीय मो. अनवारुल विरुद्ध जिल्ला प्रहरी कार्यालयले चैत १५ गते उजुरी दर्ता गरेको छ ।

पीडितका बुवाले चैत ११ गते दिएको उजुरी दर्ता गरी आरोपितहरुको खोजीकार्य तिब्रताका साथ गरिरहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई आरोपितहरुले चैत १० गते पसलबाट नुन किनेर फर्कदै गरेको अवस्थामा बाटोबाटै नियन्त्रणमा लिई मुखमा कपडाले बाँधेर कल्याणपुरस्थित कोठामा राखी बलात्कार गरेको र चैत ११ गते राजविराजस्थित सागर लजमा ल्याई बलात्कार गरेको पीडितले आरोप लगाएकी छन् ।

पीडितका अनुसार आरोपितमध्ये एक जनाले बलात्कार गरेको र अर्का आरोपितले मोटरसाइकलमा ल्याउन र लैजान सहयोग गरेको बताइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चैत ११ गते गरिएको छ ।

अन्य

भिडियो