INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ गरूडा गाउँपालिका–४ का २७ वर्षीय गिरू गिरीलाई चैत १४ गते गिरफ्तार गरेको छ ।

आरोपितले नाताले काकी पर्ने पीडित महिलालाई दुई वर्षदेखि पटकपटक बलात्कार गर्दै आएको र पछिल्लो पटक चैत १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध चैत १३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको प्रहरीले बतायो । पीडित महिलाको स्वास्थ्य परीक्षण चैत १३ गते भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो