INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुरुङ्गा नपा–११ का २० वर्षीय सुरज चौधरी, सोही ठाउँका १९ वर्षीय सुरेश चौधरी र १९ वर्षीय निरजकुमार चौधरीलाई चैत १२ गते गिरफ्तार गरेको छ ।

रुपनीबाट लिफ्ट लिएर लहानका लागि सुरजसँग मोटरसाइकलमा चैत ३ गते हिँडेकी पीडितलाई बीच बाटोमा पर्ने शम्भुनाथस्थित बगैँचामा सुरजले फोन गरी बोलाएका सुरेश र निरजसमेत मिलेर बलात्कारको प्रयास गरेको पीडितले आरोप लगाएकी छन् ।

पीडितका अनुसार आरोपितहरूले बलात्कार प्रयास गरेपछि पिसाब लागेको बहाना बनाई भागेर नजिकैको बस्तीमा शरण लिएको र भोलिपल्ट बुवालाई बोलाएर घर फर्किएकी हुन् ।

पीडितले इलाका प्रहरी कार्यालयमा चैत ६ गते उजुरी दिएपछि सोही दिन राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गरिएको छ ।

अन्य

भिडियो