INSEC Online

📅 २०८३ जेष्ठ २१

धर्नामा बसेका नेप्सेका १६ जना लगानीकर्ताहरू गिरफ्तार

काठमाडौँको सिंहदरबार प्लाजामा धर्ना दिइरहेका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का १६ जना लगानीकर्तालाई प्रहरीले चैत १२ गते गिरफ्तार गरेको छ ।

शेयर बजार सुधारको माग राख्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालय परिसरमा धर्ना दिएका १६ जना लगानीकर्ताहरूलाई महानगरीय प्रहरी वृत्त अनामनगरका इन्स्पेक्टर शिवकुमार बुढाथोकीको टोलीले गिरफ्तार गरेको धर्नामा संलग्न दबाब समूहका प्रमुख सल्लाहकार तिलक कोइरालाले बताए ।

गिरफ्तार गरिएका सबै जनालाई महानगरीय प्रहरी वृत्त सिंहदरबमा राखिएको उनले बताए । गिरफ्तार पर्नेमा लगानीकर्ताहरूको सङ्गठनका प्रमुख सल्लाहकार तिलक कोइरालासहित अध्यक्ष हरि ढकाल, वरिष्ठ अपाध्यक्ष दिपेन्द्र अग्रवाल, महासचिव नयन बास्तोला, लगानीकर्ताहरू सुष्मा ढुङ्गाना, गोपिकृष्ण थापा, दिपक पाण्डे, पुरुषोतम सापकोटा, रमेश ढकाल, कुमार सिटौला, रामभक्त गिरी, पवित्रा ज्ञवाली, सुनिल वस्नेत, मुराहरी सिटौला, नवराज उप्रेति सुवास खड्का रहेका छन् ।

प्रहरीले गिरफ्तार गरेका १६ जना लगानीकार्ताहरूलाई पक्राउ पुर्जी समेत नदिएको भन्दै उनीहरूले ३२ बुँदे माग सहित महानगरीय प्रहरी वृत्त सिहंदरवार भित्रै अनसन सुरू गरेको उनले बताए ।

गिरफ्तार गरेको नौ घण्टापछि प्रहरीले ‘माथिको आदेश’ अनुसार गिरफ्तार गर्नु परेको भन्दै लगानीकर्ताहरूसँग माफी मागी रिहा गरेको कोइरालाले बताए ।

अन्य

भिडियो