INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले रोङ गाउँपालिका–१ शान्तिपुरबाट ३१ वर्षीय राजु खातीलाई चैत १२ गते गिरफ्तार गरेको छ ।

यस्तै सो पार्टीको किसान सङ्घका अध्यक्ष भएको आरोपमा जीतपुरका ७० वर्षीय मोहन बराललाई पनि चैत ११ गते प्रहरीले गिरफ्तार गरेको थियो ।

गिरफ्तार गरिएका बरालले उक्त पार्टीको कुनै पनि सङ्घ सङ्गठनमा आफू नरहेको र राजनीतिबाट निष्क्रिय रहेको बताएपछि बराललाई भने चैत १२ गते नै रिहा गरिएको एसपी माधवप्रसाद श्रेष्ठले बताए ।

अन्य

भिडियो