INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका तीनजना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीनजना कार्यकर्तालाई प्रहरीले चैत ११ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा व्यास नपा–१४ केशवटार घर भएका सो पार्टी निकट दलित मोर्चाका तनहुँ जिल्ला अध्यक्ष ५३ वर्षीय भेषबहादुर सुनार, व्यास नपा–६ सिसाघाट घर भएका अखिल क्रान्तिकारी लमजुङका जिल्ला अध्यक्ष एवम् पार्टीका जिल्ला सदस्य २५ वर्षीय सुनिल कुमाल र जुम्ला जिल्ला घर भई हाल बन्दिपुर गाउँपालिका–८ याम्पा बस्दै आएका सो पार्टीका तनहुँ जिल्ला सदस्य मयुर भनिने ३१ वर्षीय अमर बुढा रहेका छन् ।

सबैलाई आ–आफ्नै घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, तनहुँका एसपी शिद्धिविक्रम शाहले जानकारी दिए ।

गिरफ्तार गरिएकाहरूको साथबाट चन्दा संकलन गर्न प्रयोग गरिएको रसिद, पार्टीका निर्णयहरू र अन्य महत्वपुर्ण कागजातहरू समेत बरामद गरिएको एसपी शाहले बताए ।

विभिन्न घटनामा संलग्न रहेको आरोपमा गिरफ्तार गरिएका सबैलाई राज्यद्रोहको मुद्दा लगाइने एसपी शाहले बताए ।

अन्य

भिडियो