१६ वर्षीया बालिकालाई ०८३ असार २४ गते बलात्कार गरेको आरोपमा प्रहरीले बर्दगोरिया गाउँपालिका–६ जगतपुरका २३ वर्षीय समिर डगौरालाई असार २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिका जोशिपुरस्थित कृषि तथा सांस्कृतिक मध्यकालिन मेला हेरेर फर्किने क्रममा आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले असार २५ गते इलाका प्रहरी कार्यालय, भजनीमा उजुरी दिएको बर्दगोरिया गाउँपालिका–६ का वडाध्यक्ष रामकृष्ण डगौराले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २५ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको छ ।