INSEC Online

📅 २०८३ असार ३१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णनगर नगरपालिका–१२ भगवानपुरका २३ वर्षीय सत्य प्रकाश चौधरीलाई ०८३ असार २० गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई असार १८ गते बलात्कार गरेको भनी पीडित पक्षले असार २१ गते इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएका छन् ।

पीडितको स्वास्थ्य परीक्षण असार २१ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो