INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बिहे गर्छु भनी ललाइफकाइ बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका वडा नं २२ पटिहानीका १९ वर्षीय सुनिल तामाङलाई चैत ८ गते गिरफ्तार गरेको छ ।

फागुन १९ गते बिहे गर्छु भनी लगेको भन्दै पीडित बालिकाकी ४० वर्षीय आमाले चैत ७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी छन् ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरप्mतार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गाराज रेग्मीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ७ गते नै भरतपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो