INSEC Online

📅 २०८३ जेष्ठ २१

विप्लव नेतृत्वको नेकपाका चार जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता वाणगङ्गा नपा–१ का ४५ वर्षीय श्यामदास पासी, ४० वर्षीय राजमङ्गल थारु, शिवराज नपा–९ शिवगढीका ३८ वर्षीय दुर्गालाल खत्री र ४५ वर्षीय युवराज न्यौपानलेलाई प्रहरीले शिवगढीबाट चैत ६ गते गिरफ्तार गरेको छ ।

सरकारले प्रतिबन्ध लगाएसँगै पछिल्लो समयमा प्रहरी प्रशासनले छापा मार्ने र गिरफ्तार गर्ने क्रम तीव्र बनाएपछि नेकपा विप्लव समूहका सबै नेता कार्यकर्ताहरू भुमिगत भएका छन् ।

नेत्रविक्रम चन्द (विप्लव) समूहको एक आधार इलाका तथा गृह जिल्ला भएकोले कपिलवस्तुमा गतिविधि बढ्न सक्ने आशङ्कामा सुरक्षा निकायले निगरानी बढाएको छ ।

नेकपाका केन्द्रीय महासचिव विप्लव र लुम्विनी व्युरो इञ्चार्ज चन्द्रबहादुर चन्द, विरगञ्ज शिवगढीका बासिन्दा हुन भने केन्द्रीय सचिव भेषराज भुषाल शिवराज नपाका बासिन्दा हुन् ।

यसैगरी छिमेकी जिल्लाहरुमा समेत कपिलवस्तुका नेताहरूले इञ्चार्ज तथा सेक्रेटरीको जिम्मेवारी पाएका छन् ।

गिरफ्तार गरिएका नेताहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालयका एसपी अच्युतप्रसाद पुडासैनीले बताए ।

अन्य

भिडियो