३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बड्डीकेदार गाउँपालिका–४ का ३२ वर्षीय दिपक धामीविरूद्ध पीडित पक्षले चैत ३ गते जिल्ला प्रहरी कार्यालय, डोटीमा उजुरी दिएको छ ।
पीडित महिलालाई आरोपितले फागुन २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको भए पनि आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका हवल्दार दिलबहादुर खातीले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण चैत १ गते जिल्ला स्वास्थ्य कार्यालय, डोटीमा गरिएको छ ।