INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई गुजरा नपा–८ का १८ वर्षीय शेख हसरुद्धिन मन्सुरीले चैत १ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाको आमाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा चैत ३ गते साँझ उजुरी दर्ता गराएकी छिन् ।

घरको शौचालय बिग्रिएर बन्द रहेका कारण चैत १ राति १० बजेको समयमा घर नजिकै रहेको सरेह (खेत) मा शौच गर्न गएकी बालिकालाई आरोपितले पिछा गर्दै खेतमा पुगेपछि विभिन्न प्रलोभन देखाई बलात्कार गरेको पीडितले बताइन् ।

पीडितको मौखिक उजुरीको आधारमा चन्द्रनिगाहपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा पीडित बालिका गर्भवती रहेको पाइएकाले थप अनुसन्धान गर्दा पीडित बालिकालाई आरोपितले यसअघि पनि पटकपटक बलात्कार गरेको खुल्न आएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर सन्तोष पाठकले बताए ।

आरोपित बालक फरार रहेकाले उनको खोजतलास भइरहेको र थप अनुसन्धान भइरहेको पाठकले बताए ।

अन्य

भिडियो