INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–७ का २७ वर्षीय टेकबहादुर वलीलाई फागुन ३० गते गिरफ्तार गरेको छ ।

१६ वर्षीया बालिकालाई विवाहित रहेका आरोपितले अर्को विवाह गर्ने भन्दै गत माघ १३ गते भगाएर लगेपछि पीडित पक्षले फागुन २२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा बलात्कारको उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २२ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ । उजुरी परेपछि फरार रहेका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी प्रेम शाहीले बताए ।

अन्य

भिडियो