INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महादेवा गाउँपालिका–५ भगवतपुरका २५ वर्षीय प्रदिपकुमार मण्डलविरूद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीले फागुन २९ गते उजुरी दर्ता गरेको छ ।

पीडितकी आमाले दिएको उजुरी दर्ता गरी आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आरोपित भारतको चण्डिगढमा अध्ययनरत छन् ।

विवाह गर्ने आश्वासन दिई ललाइफकाई पछिल्लो पटक भदौ ७ गते आरोपितले बलात्कार गरी गर्भवती बनाएको पीडितले बताएकी छिन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा फागुन २७ गते गरिएको छ । चिकित्सकका अनुसार पीडित ३४ हप्ताको गर्भवती रहेकी छिन् ।

अन्य

भिडियो