INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका कञ्चनरूप नपा–६ का २२ वर्षीय मौसम भनिने मोसमकुमार चौधरीविरूद्धको मुद्दा फागुन २८ गते अदालतले मुल्तबीमा राख्ने फैसला गरेको छ ।

न्यायाधीश उमेश कोइरालाको इजलासले चौधरीविरूद्धको बलात्कारको मुद्दा मुल्तवीमा राख्ने फैसला भएको जिल्ला अदालतले जनाएको छ ।

विवाहको आश्वासन दिई बोलाएर आरोपितले आफ्नो घरदेखि पश्चिम खेतमा लगी ०७२ वैशाख ९ गते राति बलात्कार गरेको भन्दै पीडितकी दिदीले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा ०७२ वैशाख १४ गते उजुरी दिएकी थिइन् ।

पीडितको स्वास्थ्य परीक्षण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ०७२ वैशाख १४ गते गरिएको थियो ।

फरार आरोपितविरूद्ध जिल्ला अदालतका तत्कालिन स्रेस्तेदार नवराज दुलालको आदेशमा ०७२ जेठ १२ गते वारेण्टसहितको म्यादी पूर्जी जारी भएको थियो ।

अन्य

भिडियो