INSEC Online

📅 २०८३ जेष्ठ ३०

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नेचासल्यान गाउँपालिका–२ नेचासल्यान चौताराका २६ वर्षीय दिनेश नेवार प्रधानलाई जेठ २७ गते गिरफ्तार गरेको छ ।

युवतीलाई ०८२ चैत १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितलाई अनुसन्धानका लागि ०८३ जेठ २७ गते सोलुदूधकुण्ड नगरपालिका–७ सल्लेरी बजारबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकबहादुर दियालीले बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८२ चैत २० गते गरिएको थियो ।

अञ्जु कार्की

अन्य

भिडियो