१३ वर्षीया एक बालिकालाई फागुन २५ गते बलात्कार गरेको आरोपमा उर्लाबारी नगरपालिका- ३ का २५ वर्षीय चन्द्रमणि आचार्यलाई प्रहरीले फागुन २८ गते गिरफ्तार गरेको छ ।
पीडितले अभिभावकलाई घटनाबारे बताएपछि पीडित पक्षले फागनु २७ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पताल विराटनगरमा फागुन २७ गते गरिएको छ ।