२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा थुनामा रहेका कालिका नगरपालिका- ५ पदमपुर छाहारी टोलका ५० वर्षीय काले दमैलाई चितवन जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्माको इजलासले फागुन २८ गते २ वर्ष ६ महिना कैद फैसला गरेको छ ।
आरोपितले पीडित महिलालाई वैशाख २७ गते घरमा कोही नभएको समयमा बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले जेठ १४ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा जाहेरी दिएको थियो । जेठ १३ गते गिरफ्तार भएका आरोपितलाई प्रहरीले पुर्पक्षका लागि थुनामा राखेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १६ गते भरतपुर अस्पतालमा गरिएको थियो ।