INSEC Online

📅 २०८३ जेष्ठ २१

वार्ता र संवादबाट समस्या समाधान गर्न अधिकारकर्मीहरूको आग्रह

नेपालमा पछिल्लो समय देखिएको राजनीतिक उतारचढावलाई वार्तामार्फत समाधान गर्न अधिकारकर्मीहरूले आग्रह गरेका छन् ।

शान्तिका लागि नागरिक समाजको सञ्जाल, कास्कीले फागुन २९ गते जारी प्रेस विज्ञप्तिमा मुलुकमा विद्यमान समस्या र वैचारिक असहमतिलाई वार्ता र संवादद्वारा समाधान गर्न सरकार र सम्बद्ध पक्षसँग माग गरिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा नेकपा (विप्लव) समूहले विगत केही समय देखि मुलुकका विभिन्न भागमा गर्दै आएको आगजनी, विस्फोट, चन्दा आतंक जस्ता अशान्त पूर्ण गतिविधिका कार्यहरू नेपालको संविधान प्रतिकूल तथा नागरिकको स्वतन्त्रतापुर्वक जीवनयापन गर्न पाउने अधिकारको प्रतिकुल रहेको उल्लेख गरिएको छ ।

अन्य

भिडियो