पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले छिन्नमस्ता गाउँपालिका–४ लालपट्टीका १८ वर्षीय राजिव यादवलाई ०८३ जेठ १३ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकाला२ ‘चकलेट किन्न पैसा दिन्छु’ भनेर जेठ १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बालिकाको स्वास्थ्य परीक्षण जेठ १३ गते जिल्ला अस्पताल राजविराजमा गरिएको छ ।