१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका–९ का ५५ वर्षीय रामबहादुर तामाङलाई जेठ १६ गते गिरफ्तार गरेको छ ।
बालिकालाई ०८३ जेठ १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जेठ १६ गते इलाका प्रहरी कार्यालय, लेटाङमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १६ गते मंगलवारे अस्पताल, उर्लावारीमा गरिएको छ ।