१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई फागुन २६ गते गिरफ्तार गरेकोे छ ।
आरोपितले फागुन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २६ गते प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित बालिकाले अभिभावकलाई घटनाका बारेमा ढिलो जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका एसपी बेलबहादुर पाण्डेले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।