२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २२ वर्षीय पतिलाई ०८३ जेठ १३ गते गिरफ्तार गरेको छ ।
आरोपितले पत्नीलाई बलात्कार गरेको भन्दै पीडितले जेठ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
आरोपितलाई प्रहरीले जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पीडितको स्वास्थ्य परीक्षण साेही दिन प्रादेशिक अस्पताल जलेश्वरमा गरिएको छ ।