१९ वर्षीया युवतीलाई ०८३ जेठ ५ गते बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँका २४ वर्षीय ओम चौधरी र २२ वर्षीय सुमन भन्ने राजेन्द्र चौधरीलाई जेठ ७ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले आरोपित विरुद्ध जेठ ७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका छन् ।
घटनामा संलग्न तुलसीपुर उपमहानगरपालिका–८ का २४ वर्षीय राजेश चौधरी फरार भएकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ७ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।