१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका–१ कौशिल्यानगरका २५ वर्षीय धीरज लामिछाने मगरलाई ०८३ वैशाख ३१ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई वैैशाख २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैैशाख ३० गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २९ गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको छ ।