INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनका आरोपित विरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई ०८३ वैशाख ५ गते बलात्कार गरेको आरोपमा पाँचखाल नगरपालिका–९ बस्ने बा.४ ख. २९२० का ट्रक चालक पासाङ दोर्जे तामाङ विरुद्ध पीडित पक्षले वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २८ गते धुलिखेल अस्पतालमा गरिएको छ।

आरोपितको फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन विष्टले बताउनुभयो ।

सुमित्रा आचार्य

अन्य

भिडियो