INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कटहरी गाँउपालिका–२ का ४० वर्षीय बाबुलाई प्रहरीले फागुन २१ गते गिरफ्तार गरेको छ ।

फागुन १० गते राति घरका अन्य सदस्य छिमेकीको घरमा भएको जन्मदिनको भोज खान गएको मौका छोपी आरोपितले बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

घटना ढिलो गरी सार्वजनिक भएको कारण आरोपितलाई गिरफ्तार गरी अनुसनधान प्रक्रिया अगाडी बढाएको डिएसपी घनश्याम श्रेष्ठले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा फागुन २१ गते गरिएको छ ।

अन्य

भिडियो