INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलवारी नगरपालिका–२ का १९ वर्षीय प्रिन्सखाँ थारूलाई वैशाख २० गते गिरफ्तार गरेको छ ।

युवतीलाई ०८३ वैशाख १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २० गते इलाका प्रहरी कार्यालय, सुन्दरहरैँचामा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण वैशाख २० गते मङ्गलबारे अस्पताल, उर्लावारीमा गरिएको छ ।

विनोद सुवेदी

अन्य

भिडियो