१७ वर्षीया बालिकालाई ०८३ वैशाख ८ गते बलात्कार गरेको आरोपमा प्रहरीले महाराजगञ्ज नगरपालिका– ४ बनजरियाका २१ वर्षीय ऋषिकेश बरईविरुद्ध पीडित पक्षले वैशाख १३ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएको छ ।
घटनापछि आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रिपेन्द्र कुमार सिंहले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १२ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।