INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका आरोपितहरु गिरफ्तार

२५ वर्षीया गर्भवती महिलालाई कुटपिट गरी सामूहिक बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका–८ का २१ वर्षीय अरुण कुमार साह र ३० वर्षीय रुपेश साह सुडिलाई २०८३  वैशाख १३ गते इलाका प्रहरी कार्यालयले गिरफ्तार गरेको छ।

आरोपितहरुले महिलालाई वैशाख १२ गते राति घरमा सुतिरहेको अवस्थामा मादक पदार्थ सेवन गरी आएका उनीहरुले चार, सात र १० वर्षीया छोरीहरुलाई कुटपिट गर्नुका साथै आफूलाई बलात्कार गरेको भन्दै पीडितले वैशाख १४ गते इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएकी थिइन्। पीडितहरुको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको इन्सपेक्टर रमेश लामाले जानकारी दिए ।

मधेश प्रदेश कार्यालय

अन्य

भिडियो