२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–२ का ३१ वर्षीय सुरेश अवस्थीलाई ०८३ वैशाख १३ गते गिरफ्ततार गरेको छ ।
पीडित महिलालाई आरोपितले वैशाख १३ गते धनगढी उपमहानगरपालिका–४ स्थित होटेलमा बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १४ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।