२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–६ थुम्पाखरका २२ वर्षीय विकाश नेपाली र सोही ठाउँका २७ वर्षीय गणेश नेपालीलाई फागुन १४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितहरूले फागुन १२ गते बलात्कार गरेको पीडितको आरोप छ । पीडितपक्षले फागुन १३ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण फागना १३ गते बाह्रबिसे स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको छ ।