INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नरहरिनाथ गाउँपालिका–३ का १५ वर्षीय बालकलाई ०८३ वैशाख २ गते गिरफ्तार गरेको छ  ।

आरोपितले  बालिकालाई वैशाख १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २ गते उजुरी दिएको थियो । इलाका प्रहरी कार्यालय कुमालगाउँबाट खटिएको प्रहरी टोलीले गिरफ्तार गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्सपेक्टर गणेश ज्ञावलीले जानकारी दिनुभयो ।

बालिकाको स्वास्थ्य परीक्षण वैशाख २ गते योगी नरहरिनाथ आधारभुत अस्पतालमा गरिएको छ।

 कालीबहादुर मल्ल

अन्य

भिडियो