७० वर्षीया ज्येष्ठ नागरिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले कोपिलासगढी गाउँपालिका–५ का ३९ वर्षीय लक्ष्मण परियारलाई चैत २६ गते गिरफ्तार गरेको छ ।
आरोपितले ०८२ चैत २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोहीदिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजु विष्टले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत २६ गते गरिएको छ ।