INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका–१८ का ३१ वर्षीय सुनिल थापालाई फागुन १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मादक पदार्थ सेवन गरी बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई घोराहीबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १४ गते गरिएको छ ।

अन्य

भिडियो