३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपनी गापा–१ का ३८ वर्षीय देवेन्द्रकुमार यादवलाई फागुन ११ गते राति गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले फागुन ११ गते राति साढे नौ बजे बलात्कार गरी भाग्न खोज्दा पीडितले बाहिरबाट ढोका लगाई होहल्ला गरेपछि जम्मा भएका गाउँलेहरूले प्रहरीलाई खबर गरी आरोपितलाई जिम्मा लगाएका हुन् ।
पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा फागुन १२ गते दिएको उजुरी दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको एसपी राजेन्द्र विष्टले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा फागुन १२ गते भएको छ ।
गिरफ्तार आरोपितले भने आपसमा आर्थिक लेनदेनको विवाद रहेको र महिलाले आफूलाई फोन गरी बोलाएर फसाएको बताए ।