१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका—१५ कनरीका २२ वर्षीय राकेश सिकेविरुद्ध पीडित पक्षले ०८२ चैत १५ गते प्रहरीमा उजुरी दिएका छन् ।
पीडित बालिकालाई आरोपितले चैत १४ गते बलात्कार गरेको भन्दै पीडित परिवारले उजुरी दिएपछि घटनाको अनुसन्धान भइरहेको र आरोपित फरार रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १५ गते सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको छ ।