INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका-११ का २५ वर्षीय सुरज राईलाई गिरफ्तार गरेको छ।

आरोपितले बालिकालाई ०८२ चैत ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत १० गते इलाका प्रहरी कार्यालय, विर्तामोड उजुरी दिएको थियो।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि चैत ११ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १० गते मेची प्रादेशिक अस्पताल, भद्रपुरमा गरिएको छ।

नरेश खाती 

अन्य

भिडियो