INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरूप नपा–५ पथरीका ३५ वर्षीय भरत मुखिया र सोही ठाउँका २५ वर्षीय भिम मुखियालाई फागुन १० गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितहरूले ललाईफकाई कोशी टाप्पु बन्य जन्तु आरक्षको जङ्गलमा लगेर फागुन १० गते साँझ बलात्कार गरेको आरोपमा आरोपितहरूलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरूपकी असई सपना राईले बताइन् ।

पीडितका अभिभावकले फागुन १० गते इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिएका छन् । पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा फागुन १० गते भएको छ ।

अन्य

भिडियो