१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रामधुनी नगरपालिका २ परिसापुरका २६ वर्षीय रोशन विश्वकर्मालाई गिरफ्तार गरेको छ ।
आरोपितले ०८२ चैत ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध चैत ११ गते इलाका प्रहरी कार्यालय, धरानमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, धरानका डिएसपी भीषणबाबु राईले बताउनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा चैत ११ गते गरिएको छ ।