INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयासका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चितवन जिल्ला भरतपुर उमनपा–८ बस्ने ४५ वर्षीय निरञ्जनकुमार सिंह ठकुरीलाई फागुन ९ गते न्यु करूणा होटलबाट गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले न्यु करूणा होटलको कोठा नं. २०१ नं. को कोठामा सुतिरहेको अवस्थामा झ्यालको शिशा फोरेर भित्र पसी बलात्कार प्रयास गरेको भनी पीडित महिलाले फागुन ९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाले दिएको उजुरीको आधारमा प्रहरीले कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिलबहादुर मल्लले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ९ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो