४२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रूकुम पश्चिम जिल्ला आठबिसकोट नपा–८ घर भई डोल्पामा मजदुरी गर्दै आएका २५ वर्षीय भिमबहादुर चदरालाई फागुन १० गते गिरफ्तार गरेको छ ।
आरोपितले फागुन ९ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले फागुन १० गते प्रहरी चौकी त्रिपुराकोटमा उजुरी दिएकी थिइन् ।
आरोपितलाई फागुन १० गते गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको प्रहरी चौकी त्रिपुराकोटका सई टेकबहादुर देउवाले जानकारी दिए ।
पछिल्लो समय बलात्कारको आरोप लगाउने र अन्त्यमा मिलापत्र गर्ने गरेकाले बलात्कार प्रयास हो वा होइन अनुसन्धानपछि मात्र उजुरी दर्ता गरी कारबाही अघि बढाइने भएकाले ठाडो निवेदनको आधारमा आरोपितलाई गिरफ्तार गरिएको सई देवाले बताए । पीडितको स्वास्थ्य परीक्षण फागुन १० गते त्रिपुराकोट स्वास्थ्य चौकीमा भएको छ ।