१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राप्तीसोनारी गाउँपालिका–५ का २१ वर्षीय सुदीप थारुलाई प्रहरीले ०८२ चैत ३ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई फागुन १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ३ गते इलाका प्रहरी कार्यालय भगवानपुरमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई राप्तीसोनारी गाउँपालिका–६ छटकपुरबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्सपेक्टर गणेशराज उप्रेतीले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ परीक्षण चैत ४ गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको छ ।