INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वाणगंगा नगरपालिका–१ उप्टाहका १८ वर्षीय केशव नेपाली भन्ने केशव सार्कीलाई ०८२ चैत १ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई फागुन २४ गते बलात्कार गरेको भनी पीडित पक्षले चैत २ गते इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।.

रीमा बि.सी

अन्य

भिडियो