INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–३ का २० वर्षीय दावा शेर्पालाई ०८२ चैत १ गते गिरफ्तार गरेको छ ।

बालिकालाई  फागुन ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धनबहादुर राजवंशीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १ गते  गरिएको छ ।

 

भविन कार्की

अन्य

भिडियो