३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–५ भोर्लेका ३५ वर्षीय भेषबहादुर श्रेष्ठलाई चैत १ गते गिरफ्तार गरेको छ ।
आरोपितले ०८२ चैत १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोहीदिन आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय, कटारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजन चापागाईँले बताए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १ गते गरिएको छ ।