८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले ०८२ फागुन २८ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०८२ पुस २६ गते दिउँसो घरमा खेल्दै गरेको अवस्थामा बलात्कार गरेको भन्दै आरोपित विरुद्ध पीडित पक्षले फागुन २८ गते जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण फागुन २८ गते अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको छ ।